पत्याउनुहुन्छ ? फेसबुकका १ हजार साथीसँग बसेर कफी

67
  •  
  •  
  •  

तपाईले फेसबुक चलाउनुहुन्छ र विभिन्न ठाऊँका साथीहरू बनाउनुहुन्छ । यस्तै, तपाईले बनाउने फेसबुकका साथीमध्ये कतिलाई त तपाईले अहिलेसम्म पनि भेट्नु भएको छैन् । तर, मेलबर्नमा पढ्दै गरेका २८ वर्षीय म्याट कुलेस्जा आफ्ना फेसबुकमा रहेका साथीहरूसँग बसेर चिया पिउने उदेश्य लिएर हिडेका छन् । उनले आफ्नो फेसबुकमा रहेका १ हजार ८८ जना साथी सबैसँग बसेर कफी पिउने उदेश्यका साथी फेसबुकमा रहेका सबै साथीलाई भेट्ने अभियानमा जुटेका छन् ।

म्याटको यो कार्य अनौठो समेत हो । विश्वका विभिन्न ठाऊँमा रहेका आफ्नो फेसबुकका साथीहरूसँग भेटेर चिया पिउनु सहज काम होइन तर, उनले हरेक फेसबुकका साथीलाई भेट्ने अभियानमा जुटेका छन् । उनले केही हप्ता अगाडिमात्र यस्तो अभियान सुरू गरेका हुन् । उनले एक वेबसाइटसँग कुरा गर्दै भनेका छन्, ‘मसँग वास्तविक रूपमा १ हजार साथी छैनन् । तर म फेसबुकमा भएका मेरा १ हजार भन्दा बढि साथीहरूलाई चिन्न चाहन्छु र उनीहरूसँग कुरा गर्न चाहन्छु ।’

उनले थपे, ‘सबैलाई भेट्नु र गफ गर्नु अचम्मको कुरा हो । मलाई अझ अचम्मित के कुराले बनायो भने हरेक मानिससँग भन्नकालागि केही न केही कथाहरू अर्थात् जीवनका पाटाहरू छन् ।’

उनले जागिर समेत फेसबुकमा भएकी एक महिला साथिकै कारण पाएको बताएका छन् । उनले अहिले गरिरहेको काम ती महिलामार्फत नै उनलाई मिलेको उनले बताए । उनले ती महिला साथी आफ्नो पुरानो साथि भएको र केही समय पहिलेमात्र उनीसँग बसेर कफी पिएको बताए । ती महिलाले पार्ट टाइम काम गर्ने मानिस खोजिरहेको समयमा आफूलाई मेरो लागि काम गरिदिन ती महिलाले आग्रह गरेपछि आफूले उक्त काम सुरू गरेको म्याटले बताए ।

म्याटले हप्तामा करिब ५ वटा कफी डेट गर्ने गरेका छन् । उनले भने, ‘म उनीहरुलाई फेसबुकमा मेसेज पठाउँछु र भन्छु के तिमी मसँग कफी पिउन तयार छौ ।’ यो मेरो लागि हप्ताको काम नै बनेको छ, उनले भने ।

म्याटले पहिले नै आफ्ना फेसबुक साथीहरूलाई भेटिसकेका छन्, उनले कामको सिलसिलामा, अन्य साथीहरूसँगको भेटका क्रममा, घुम्ने क्रममा भेटेको बताएका छन् ।

matt-kuleszas-1000-coffee-project1 matt-kuleszas-1000-coffee-project2 matt-kuleszas-1000-coffee-project3

matt-kuleszas-1000-coffee-project


  •  
  •  
  •