माटाेको सुगन्ध !

177
  •  
  •  
  •  

तिम्रो त्याग र बलिदानको कथा लेखिन्छ कि
नलेखिने हो थाहा छैन….!!

भन्थ्यौ…
यो मुलुकको मुहार फेर्न हिँडेको छु बाँचे तिम्रो
मायाको उत्साहले फर्कन पनि सक्छु

कतै बारुदको धुवाँ सँगै बिलिन भएँ भने
माटोको सुगन्ध भएर तिम्रो स्वासभरी हुनेछु…!!

मेरी प्रिये !

यो ब्रह्माण्ड भन्दा बढी माया छ तिमीलाई
हृदयको अन्तरमा तिमी कति रमेकी छौ …

तिमी बिना म पूर्ण कहाँ छु र प्रिये …..
लाग्छ ,तिमी यहि कतै मेरो छाया वरिपरि छौ …!!

-अस्मिता भण्डारी-

भन्थ्यौ…
म कर्तव्य बाँचेको छु

मुलुकको मुहार फेर्न हिँडेको छु बाँचे तिम्रो
मायाको उत्साहले फर्कन पनि सक्छु

कतै बारुदको धुवाँ सँगै बिलिन भए भने
माटोको सुगन्ध भएर तिम्रो स्वासभरी हुनेछु…!

लाग्छ तिम्रो जीवनका सबै कहानि
लेखेर नै रमाऔं…..!

आँखामा मिराज बोकेर
युद्धमा हिडेको सिपाहीको जीवन
बिहानै सबेरै हिँडेपछि कहिले फर्कन्छ” ऊ ,”था’छैन !!

भोक प्यास र निद्रा त्यागेर
आदिम युगको मुहारको बिम्ब बोकेर
सगरमाथाको आरोहणमा निस्किएको मान्छे

कहिले खुरकोट हुदै कहिले मूलकाेट हुँदै
भोटेकोशीका छालहरुसँग सपना बाँड्दैछ ऊ ….!!

लडदै चढ्दै जीवनका हिमालहरू
थुप्रै पार गरेपछी फेरि सम्झन्छ ‘ऊ ‘
मूलकाेटकाे नागबेली यात्रामा आफ्नी प्रेमिका
र, माटोको माया..!!

तिम्रो त्याग र बलिदानको कथा लेखिन्छ कि
नलेखिने हो थाहा छैन….!!

भन्थ्यौ…
यो मुलुकको मुहार फेर्न हिँडेको छु बाँचे तिम्रो
मायाको उत्साहले फर्कन पनि सक्छु

कतै बारुदको धुवाँ सँगै बिलिन भएँ भने
माटोको सुगन्ध भएर तिम्रो स्वासभरी हुनेछु….!!


  •  
  •  
  •