फोरम र राजपालाई लिएर भोलि वा पर्सी मन्त्रिमण्डल विस्तार हुन्छ : मन्त्री पण्डित

‘कांग्रेसलाई सरकारमाल्याउनेगरि गृहकार्य सुरु गरेका छौं’
389
  •  
  •  
  •  

काठमाडौं, २२ फागुन (अाेएनएस) : जनसंख्या तथा वातावरण मन्त्रीलालबाबु पण्डितले फोरम र राजपालाई सहभागी गराएर भोलिवापर्सीसम्म मन्त्रिमण्डल विस्तार हुने स्पष्टपारेका छन् ।

मंगलबार काठमाडौँमा आयोजित एक औपचारीक कार्यक्रममा मन्त्री पण्डितले एक/दुई दिनभित्रमै सरकार विस्तारको तयारी भइरहेको बताए ।
मन्त्री पण्डितले भने,‘ बढी ढिलो भएमा एक हप्ताभित्र मन्त्रिमण्डलले पूर्णता पाउने छ।’

संघीय समाजवादीफोरम नेपाल र राष्ट्रिय जनता पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल भैरहेको जानकारी दिदै मन्त्री पण्डितले सकेसम्म दुवै दललाई सरकारमा सहभागीगराउने बताए ।

मन्त्री पण्डितले फोरम र राजपासँग धेरै कुरामा सहमति भैसकेको र स–साना कुरा मिल्नमात्रै बाँकी रहेको स्पष्ट पारे ।

मन्त्रालय व्यवस्थापनका कारण पनि सरकार विस्तार प्रभावित भएको उनले बताए । “१३ वटा मन्त्रालय घटाएर ३० बाट १७ वटा बनाइएको छ । विभिन्नविभाग र निकाय व्यवस्थापन हुँदैछ ।” उनले भने ।

मन्त्री पण्डितले अहिलेको अवस्थामा प्रतिपक्षको आवश्यकता नरहेको भन्दै कांग्रेसलाई पनि सरकारमा आउन आग्रह गरे ।

“कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रीको नाम पठाउनुस्, हामी सरकारमा सहभागी गराउँछौँ । कोही पनि प्रतिपक्षमा बस्न नपरोस भन्ने हाम्रो चाहना छ ।”उनले भने ।आफूहरुले कांग्रेसलाई पनि सरकारमा सहभागी गराउनेगरि गृहकार्य गरेको उनको भनाई थियो ।

अब देशलाई विकास र सुशासनको दिशामा लैजानुपर्ने भएकाले कोहीपनि सरकार बाहिर बस्न आवश्यक नरहेको उनको तर्क थियो ।

मन्त्री पण्डितले देशभरिका प्रमुख शहरहरुको प्रदुषण हटाउनका लागिआफू लागिपरेको बताए।

मन्त्री पण्डितले धेरै वर्ष लागेर बिग्रिएको काठमाण्डौंको वातावरण एकै रातमा ठीक पार्न नसकिने भन्दै देशभरिका प्रमुख शहरहरुमा एक वर्षभित्रमा माक्स लगाउननपर्ने गरी काम सुरु गरेको विश्वास दिलाए ।

धुलो नियन्त्रणका लागि अन्यविकास निर्माणका काम गरिरहेका निकायसँग समन्वयगर्दै दिनमा चारपटक पानीहालेर धुलो मार्ने काम सुरु भइसकेको पनिउनले जानकारी दिए ।

धुवाँधुलो हुनुको ९० प्रतिशतकारण डिजेलबाटचल्ने गाडी भएकाले वैशाख १ गतेदेखि महानगरपालिका र उप–महानगरपालिकामा हरियो स्टिकर नलगाएका गाडीलाई प्रवेश निषेध गरिने उनले बताए ।

किनेर वा गलततरिकाले हरियो स्टिकर लिएर प्रयोग गरेको पाइएत्यस्तो स्टिकर दिने कर्मचारी र गाडी मालिकलाई कारबाही गरिने उनले कडा चेतावनी दिए ।

‘कतिपयउद्योग, जसले धुवाँफालेका छन, तिनलाई धुवाँधुलो नियन्त्रण गर्ने व्यवस्थागर्न निर्देशन दिइएको छ’–उनले भने ।

त्यसैगरी प्लाष्टिकका झोलाउत्पादन र आयातमा रोक लगाइने पण्डितले बताए ।
माटोमाकुहिने खालका प्लाष्टिक मात्रै प्रयोग गर्न दिईने उनको भनाई छ ।

एक वर्षभित्र देशक प्रमुख शहरमा धुवाँधुलोकै कारण माक्स लगाउनुपर्ने अवस्थाको अन्त्यगर्ने उनको दाबी छ ।

काठमाण्डौमा धनी, बुद्धीमानी मानिस बसेपनि प्रदुषण भने बढाएको आरोप लगाउँदै पण्डितले भने,‘राम्रा, शिक्षित, धनी सबै काठमाण्डौमा बस्छन्, तर देखेर सिकेर पनि परिवर्तन हुन सकेन । स्वस्थ नबनेर जीवन घटाइरहेका छन्”–पण्डितले भने ।


  •  
  •  
  •