क्यालिफोर्नियामा मोती जयन्ती मनाइयो

364
  •  
  •  
  •  

moti jayanti
क्यालिफोर्निया, १३ भदौ (ओएनएस) : क्यालिफोर्नियामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यालिफोर्निया च्याप्टरले मोतीराम भट्टले नेपाली साहित्यमामा दिएको योगदानलाई स्मरण गर्दै मोति जयन्ती मनाएका छन् ।

च्याप्टरका अध्यक्ष सर्बज्ञ वाग्लेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख बक्ता डा दुर्गा दाहाल थिए । उनले मोतीराम भट्टको जीवनी, उनको बहु आयामिक ब्यक्तित्व र उनले नेपाली साहित्यमा पुर्याएको योगदानको बारेमा चर्चा गरे ।

कार्यक्रममा रितादेवी प्रधान, बन्धु पोख्रेल, धर्म राज कोइराला, बाबु आचार्य, भगिरथ दाहाल,चीनकाजी श्रेष्ठ, सर्बज्ञ वाग्ले लगायततका श्रष्टाहरुले कविता, गजल तथा गित प्रस्तुत तथा वाचन गरेका थिए ।

उक्त कार्यक्रमका प्रमुख अतिथि तथा बरिष्ठ संगीतकार मदन दिपविनले आफैले रचना गरी २०२६ सालमा रेकर्ड गराएको गीत प्रस्तुत गरेका थिए । सो अवसरमा नेपालका चर्चित साहित्यकार तेज राज खतिवडाको ‘अवस्थल’ नामक पुस्तक विमोचन गगरिएको थियो ।


  •  
  •  
  •