नेपालले मलेसियन क्बलसँग अंक बाड्यो

217
  •  
  •  
  •  

काठमाडौँ, २५ पुस(ओएनएस) : नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाली क्लब फेल्डा युनाइटेडसँगको खेल बराबरीमा टुङ्ग्याएको छ । १२ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गर्दै बनाइएको बंगबन्धु गोल्डकपमा साफमा खेलेका नेपाली टोलीका १० खेलाडी छैनन् ।

विराज महर्जनलाई कप्तान र बालगोपाल महर्जनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको छ भने सात खेलाडीले पहिलोपल्ट राष्ट्रिय टिमबाट खेल्ने अवसर पाएका छन् ।

बंगलादेशमा सुरू भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले फेल्डा युनाइटेडसँग खेल बराबरीमा चित्त बुझाउँदै अंक बाँडेको छ । नेपालले पाएका केही राम्रा अवसरहरू गुमाउँदा खेल बराबरीमा चित्त बुझाउन बाध्य भएको हो । केही राम्रा प्रहारहरू दुवै तर्फबाट गोलकिपरले जोगाएका थिए ।

नेपालले अन्य खेलमा श्रीलंका र आयोजक बंगलादेशसँग खेल्नेछ । आयोजक बंगलादेशसहित आठ टोलीको सहभागिता रहेको प्रतियोगितमा नेपाल समूह ए मा छ ।


  •  
  •  
  •