पानीका कारण खेल रोकियो, नेपाललाई फाइदा

157
  •  
  •  
  •  

196187काठमाडौ, १० कात्तिक(ओएनएस) : पानीका कारण नेपाल र अमेरिकाबीचको खेल रद्ध भएको छ । केल पुनः भोली हुने भएको छ । खराब स्थितिमा रहेको नेपालका लागी यो निर्णयले फाइदा पुर्याएको छ ।

नेपालले पानी केहीबेर रोकिँदा ३० ओभरमा १ सय ६२ रन जोड्नुपर्ने लक्ष्य पाएको थियो । सोही लक्ष्य पछ्याउने क्रममा नेपालले ७ ओबर खेल्दै २७ रन जोड्दा आफ्ना ३ विकेट गुमाइसकेको थियो । यस्तो अवस्थामा रोकिएको खेल पुन सूचारू भएको भए नेपाललाई जितका लागी निकै कठिन संघर्ष गर्नुपर्ने हुन्थ्यो । जति ओभर घट्यो नेपालका लागि विजय लक्ष्य पनि उतिनै गाह्रो हुनेथियो । तर पुनः पानी परेपछि खेल रोकिँदा नेपालले भोली फेरी अमेरिकाको सामना गर्नेछ ।

यस्तै, बर्मुडा र सिंगापुरबीचको खेल पनि रोकिएको छ। यो खेल पनि भोली नै हुनेछ ।


  •  
  •  
  •