आज आमाको मुख हेर्ने दिन

312
  •  
  •  
  •  

काठमाडौँ, २४ बैशाख(ओएनएस) : आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । आमा हुनेहरूले आजका दिन आमालाई मन पर्ने मीठा-मीठा खानेकुरा र वस्त्र दिएर आशीर्वाद लिने गर्छन् । यस्तै गुरुआमा, सासू र काकीहरूबाट पनि आशीर्वाद लिने गर्छन् ।

जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गर्ने गरिन्छ । आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको छ । शास्त्रमा बाबुभन्दा आमा दश गुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ ।

जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम पर्व मानिन्छ । आजका दिन काठमाडौँको पश्चिमी भेगमा रहेको मातातीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भिड लाग्छ । बौद्ध धर्मावलम्बी पनि दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्न मातातीर्थ पुग्ने गरेका छन् ।


  •  
  •  
  •