मतदाता नामावली सङ्कलनको काम स्थगित

465
  •  
  •  
  •  

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनको काम स्थगित गरेको जनाएको छ ।

आउँदो बैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा भएसँगै ७७ वटै जिल्लामा भइरहेको मतदाता नामावली सङ्कलनको काम स्थगित गरेको आयोगले जनाएको छ । अद्यावधिक चुनावका लागि तयारी गर्नुपर्ने भएकाले तत्कालका लागि मतदाता नामावली स्थगित गर्नुपरेको आयोगले जनाएको छ ।

आयोगले अहिलेसम्म सङ्कलन भएका मतदाता नामावलीलाई अद्यावधिक गरेर मतदाताको सूचीमा समावेश गर्ने जनाएको छ ।


  •  
  •  
  •