वर्तमान सरकार जनताको भावना अनुसार काम गर्न बनेको होः प्रधानमन्त्री ओली

235
  •  
  •  
  •  

काठमाडौं, २७ फागुन (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार जनतको भावना अनुसार काम गर्न बनेको बताएका छन्। उनले वर्तमान सरकार जनताकाे इच्छा र चाहना समय अनुसार पूरा गर्न कटिबद्ध रहेकाे बताए।

आज संसदमा विश्वासको मत लिनुअघि सम्बोधन गर्दै उनले जनप्रतिनिधिहरुले पनि आफ्नो कार्यकाल सफल बनाउन पाउने बताए।

‘राष्ट्रिय हित र स्वाभिमानलाई माथि उठाउने गरी काम गर्छौं’, संसदमा प्रधामन्त्रीले भने।

प्रधामन्त्री अाेलीले चुनावका बेला आफूहरुले बोलेका प्रतिबद्धताहरु तलमाथि नहुने उनले बाचा समेत गरे।


  •  
  •  
  •