मस्यौदा समितिको बैठकमा सभाध्यक्षको प्रस्तावबारे धारणा सार्वजनिक गरिने

108
  •  
  •  
  •  

CA-building-Dark-cloudकाठमाडौ, २० पुस(ओएनएस) : संविधानसभा अन्तगर्ततको मस्यौदा समितिको आज बस्ने बैठकमा सभाध्यक्षको प्रस्तावबारे धारणा सार्वजनिक गरिने भएको छ ।

गत बिहिबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा संविधान सभाअध्यक्ष सुवासचन्द्र नेम्वाङले सोमवार सम्म सहमति गर्न र सहमति नगरे आफैलाई संविधान ल्याउन अधिकार दिन आग्रह गरेपछि त्यसका विषयमा आज मस्यौदा समितिले अधिकारिक धारणा सार्वजनिक गर्न लागेको हो । बिहान ९ बजे सिंहदरबारमा समितिको बैठक बस्न लागेको संसद सचिवालयका सहप्रवत्ता सुदर्सन कुइकेलले जानकारी दिए ।

संविधानसभाको मस्यौदा लेख्ने जिम्मा पाएको कृष्णप्रसाद सिटौला नेतृत्वको समिति काम नपाएपछि सुस्त अवस्थामा छ । मस्यौदालाई अन्तिम बनाउने जिम्मा समितिको हुदाहुदै सभामुखको सक्रियतालाई लिएर फरक मत आउन थालेपति समितिले आज त्यस विषयमा छलफल गर्ने र धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।


  •  
  •  
  •