मौसम आशिंकदेखि सामान्य बद्ली

217
  •  
  •  
  •  

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभरको मौसम आशिंकदेखि सामान्य बद्ली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । मध्य र सुदूरपश्चिमका केही ठाउँमा भने अहिले पनि पानी परिरहेको र यो क्रम दिनभरजस्तै रहने मौसमविद्हरुले जनाएका छन् ।

काठमाडौंसहित देशका अन्य ठाउँमा भने विस्तारै मौसम खुल्दै गएर दिउँसो घाम लाग्नेछ । यस्तै, आइतबार राति देशका धेरैजसो ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण पानी परेको हो ।

यस्तो छ मौसमी पूर्वानुमान

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):
हाल देशको पश्चिमी भु-भागमा सामान्य देखि पुर्ण बदली भई केहि स्थानमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ साथै मध्य तथा पुर्वी भु-भागमा सामान्य बदली भई केहि स्थानमा हल्का वर्षा भइरहेको छ ।


आगामी तीन दिनको मौसम पूर्वानुमान (
Three Days Weather Forecast):

  

भाद्र १५  गते (आईतबार)

दिउँसो: देशको पश्चिमी भु-भागमा सामान्य बदली साथै मध्य तथा पुर्वी भु-भागमा आंसिक देखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा साथै पूर्व र मध्यका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

राती: देशभरी आंसिक देखि सामान्य बदली रही पूर्व र मध्यका थोरै स्थानहरुमा तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

भाद्र १६  गते (सोमबार)

दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

राती: देशभरी सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा साथै पूर्व र मध्यका केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

भाद्र १७  गते (मंगलबार)

दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

राती: देशभरी सामान्य बदली रही पश्चिमका धेरै स्थानहरुमा साथै मध्य तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पश्चिमका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहन्छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित वर्षा हुने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध छ।


  •  
  •  
  •