दशैंका लागि मासुको मूल्य निर्धारण, हेर्नुहोस् कुनको कति ?

76
  •  
  •  
  •  

काठमाडौं  । मासु व्यवसायीहरुले दशैँका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन् । आन्द्राभुडी राखिएको मासु प्रतिकिलो एक हजार, बोसो राखिएकाको एक हजार २०० र ह्याकुलासहित रोजाइ (ग्राहकले रोजेअनुसार) को मूल्य एक हजार ३०० निर्धारण गरिएको छ ।

यस्तै कुखुराको मासु प्रतिकिलो ३०० तथा रागाँ र बंगुरको मासु पाँच÷पाँच सय तोकिएको छ । राष्ट्रिय मासु व्यवसायी संघले फुलपातीका दिनदेखि लागू हुने गरी काठमाडौं उपत्यकासहित देशभर खसी, बोका, कुखुरा र राँगाको मासुको मूल्य निर्धारण गरिएको जनाएको हो । संघका अध्यक्ष रमेश खड्गीले खसी तथा बोकाको तीनथरि मूल्य निर्धारण गरिएको बताए ।


  •  
  •  
  •