८० वर्षको हत्याराले २६ वर्षकी युवतीसँग विवाह गर्ने

177
  •  
  •  
  •  

ciminal-manson-with-berton1काठमाडौ, ४ मंसिर(एजेन्सी) :  अमेरिकी शहर क्यालिफोर्नियामा एउटा अनौठो विवाह हुने भएको छ । अमेरिकामा नरसंहारको दोषी ८० वर्षीय चार्ल्स मेनसनलाई २६ वर्षीया एक युवतीसँग विवाह गर्ने लाइसेन्स पाएका छन् । किंग कन्ट्री म्यारिज कोर्टले उक्त लाइसेन्स जारी गरेको हो ।

तर, लाइसेन्समा विवाहको मिति भने लेखिएको छैन् । सन् १९६९ मा पाँच मानिसको हत्याको आरोपी चार्ल्सले आफूभन्दा करिब ४ गुणा सानी पत्नी चाँडै नै पाउने भएका छन् । उनको सम्भावित दुलही एलेन बर्टन उनलाई भेट्न जेलमा समेत आउने गर्थिन् । बर्टनका अनुसार उनी चार्ल्सलाई प्रेम गर्छिन् र उनी चार्ल्ससँगै रहन चाहन्छिन् ।

क्यालिफोर्निया जेलका अधिकारी टेरी थार्टनका अनुसार जेललाई विवाहको उक्त लाइसेन्स प्राप्त भइसकेको छ । डेली मेलका अनुसार मेनसनकी प्रेमिका एलेन भिजिटर्स रूममा विवाह गर्न चाहन्छिन्, जहाँ उनी मेनसनसँग भेट्ने गर्थिन् । यता मेनसनले जन्मकैदको सजाय पाएका छन्, उनी जेलबाट बाहिर आउने कुनै सम्भावना भने छैन् ।

ciminal-manson-with-bertonयस्ता व्यक्तिसँग विवाह गर्नुको कारणबारे सोध्दा बर्टनले भनिन्, ‘म उनको मुद्धामा काम गर्न चाहन्छु, म चाहन्छु की यस मुद्धालाई नयाँ तरिकाले लड्न चाहन्छु तर, यसका लागि मलाई आवश्यक पर्ने कयौ कागजातहरू आफन्त नभएकै कारण मैले पाउन सकेको छैन् ।’

विवाहपछि यो समस्या समाधान हुनेछ । आजिवन कैदको सजाय काटिरहेका मेनसनले २०२७ सम्म पेरोल पनि लिन सक्दैनन् । मेनसनले पहिले पनि आफ्नो जीवनको अधिकांश समय जेलमा नै बिताएका थिए ।

यस अचम्मको विवाहलाई लिएर विभिन्न थरिका चर्चाहरू भइरहेका छन् । तर, बर्टनले कसैको कुनै कुराले आफूलाई फरक नपर्ने बताएकी छिन् ।

 


  •  
  •  
  •