मस्जिदमा बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गर्दा २७ जनाको मृत्यु

28
  •  
  •  
  •  

एजेन्सी : न्युजिल्याण्डको क्राइस्ट चर्च शहरका दुई मस्जिदमा बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गर्दा कम्तिमा २७ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।

शुक्रबारको प्राथनामा सहभागी थुप्रैलाई गोली लागेको बताइएको छ । आक्रमण भएको मस्जिद नजिकै बंगलादेशका क्रिकेट खेलाडीहरु पनि थिए । उनीहरु भने सुरक्षित रहेको बताइएको छ ।

आक्रमणपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आक्रमणमा कति मानिस संलग्न थिए भन्ने अझै खुल्न सकेको छैन् ।

प्रधानमन्त्री जेसिन्डा अर्डनले घटनामा दुःख व्यक्त गर्दै न्यूजिल्याण्डका लागि कालो दिन भएको प्रतिक्रिया दिएकी छन् ।आक्रमणपछि शहरका सबै विद्यालय तथा कार्यालयहरु बन्द गरिएको छ । सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन प्रहरीले अपील गरेको छ ।


  •  
  •  
  •