दर्शक बढाउँदै ‘मारुनी’

73
  •  
  •  
  •  

काठमाडौं । अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता पुष्प खड्का स्टारर फिल्म ‘मारुनी’ दोस्रो सातामा प्रदर्शनरत छ ।
तीजको अवसर पारेर प्रदर्शनमा आएको फिल्मलाई सुरुवाती दिनमा बक्सअफिसमा टिक्न सकस भएको थियो ।

साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘साहो’ का कारण फिल्मको इनिसियल व्यापारमा ठूलो धक्का पुग्यो । तर, ‘साहो’ को माउथ पब्लिसिटी कमजोर हुँदा त्यसको फाइदा ‘मारुनी’ ले उठाएको छ ।

फिल्मको विकेन्ड कलेक्सनमा ‘साहो’ ले ठूलो असर गरेको भएता पनि अहिले ‘मारुनी’ ले हलमा दर्शक बढाउँदै लगेको छ । पहिलो हप्ताको सोमबारबाट फिल्मको व्यापार बढेको वितरकले बताएका छन् ।

निर्माण टिमले ९ दिनमा नै फिल्मले १ करोड ८५ लाखको व्यापार गरेको दाबी गरेको छ ।  नवल नेपाल निर्देशित ‘मारुनी’ हेर्ने दर्शकले कथावस्तु, क्लाइमेक्स, गीतसंगीत र कलाकारको अभिनय रुचाएका छन् ।

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमको निर्माण रहेको फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्पल खड्का, रेविका गुरुङ, लगायतको मुख्य भूमिका रहेको छ ।

यस्तै फिल्ममा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइको साथमा बाल–कलाकारको रुपमा सायरा आचार्य, आभाष सिंह, सौर्य अधिकारीको अभिनय रहेको छ ।  फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ ।


  •  
  •  
  •