काठमाडौ, २१ पुस(एजेन्सी) : विगत १० वर्षदेखी मंगल ग्रहमाथी अनुसन्धान गरिरहेको मार्स रोभरको मेमोरीमा समस्या देखिएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार ६ वटा पाङ्ग्रा भएको रोभर आफै रिस्टार्ट हुने गर्छ । यस यानमा काम गरिरहेका वैज्ञानिकहरूका अनुसार उमेरसँग जोडिएको एक गडबडीका कारण रोबोटमा लगाइएको एक फ्ल्यास मेमोरीलाई प्रभावित पारिरहेको छ ।
एक टेलिभिजनलाई नासाका प्रोजेक्ट म्यानेजर जोन क्लासले बताए अनुसार उनीहरू उक्त समस्यालाई ‘एम्नेसिया’ भन्छन् । नासाको भनाई अनुसार मेमोरीको समस्यासँग जुधिरहँदा रोभर आफै रिसेट हुन्छ र केही मेसिन कन्ट्रोलसँग सम्पर्क समेत बन्द गर्ने गर्छ । १० वर्षअघि मंगलमा उत्रिएपछि रोभरले २६ मिल दूरी तय गरिसकेको छ ।
यो मिशनले मंगल ग्रहको जैविक संरचनालाई लिएर केही अनौठा जानकारी पठाएको छ । यो समस्या दूर गर्नका लागि नासाको टोलीले रोभरको सफ्टवेयरको ह्याक गर्ने प्रयास गरिरहेको छ । टोलीले यानको फ्ल्यास मेमोरीको गडबड भएको भागको ठाऊँलाई मिलाउनका लागि केही समय लाग्ने बताएको छ । नासाका एक अधिकारीका अनुसार रोभर पुरानो हुन लागेको छ र सायद जीवनको अन्तिम अवस्थामा रहेको छ ।