भारतको मंगल यानसँगै अन्य पाँच सामान, के गर्छन् यीनले ?

77
  •  
  •  
  •  

mars-orbiter-mission-indiaमंगल ग्रहको कक्षमा स्थापित भएपछि भारतको मंगल मिशनले नयाँ सफलता हासिल गरेको छ । अब यानको आगामी काम मंगल ग्रहको जाँच गर्ने र त्यहाँका तस्विरहरू पठाउने रहेको छ । यसबाट यहाँ रहेका वैज्ञानिकहरूले मंगल ग्रहबारे अध्ययन गर्न सक्छन् ।

मंगल ग्रहको जाँच गर्नका लागि यानको साथमा पाँच वटा अन्य सामग्री समेत पठाइएको थियो । ती पाँच वटा सामान के हुन् र ती के कामका लागि पठाइएका छन् जानौ तीबारे केही जानकारीः

थर्मल इन्फ्रारेड इमेजिंग स्पेक्टोमिटर(TIS)
३.२ किलोको तौल भएको यो क्यामरा मगंल ग्रहको गर्मीको तस्विर लिनेछ । यसलाई दिन र रात वा दुवै समय प्रयोग गर्न सकिनेछ । यो क्यामरा कुनै वस्तुसँग निस्किने तापक्रमको आधारमा तस्विर बनाउँछ । खनिज र माटोबाट अलग-अलग मात्रामा तापक्रम उत्पन्न हुने गर्दछ । यो क्यामराको सहायताले मंगल ग्रहमा रहेको खनिजको पत्ता लगाउन सकिन्छ र त्यसको नक्सा समेत बनाउन सकिन्छ ।

लीमन अल्फा फोटोमीटर (LAP)
लीमन अल्फा फोटोमीटर १.२७ किलोग्राम तौल एक खास किसिमको फोटोमीटर हो । यसले मंगल ग्रहको वायुमण्डलमा रहेको ट्युटेरियम र हाइड्रोजनको पत्ता लगाउँछ । यसको मद्धतले वैज्ञानिकले मंगल ग्रहबाट पानी कसरी हराउँछ भन्ने बारे अध्ययन गर्ने छन् ।

मिथेन सेन्सर मार्स (MSM)
२.९४ किलोग्राम तौल भएको मिथेन सेन्सर मंगल ग्रहको वायुमण्डलमा रहेको मिथेनको मात्राको पत्ता लगाउने छ । यसका साथै यो सेन्सरले मंगल ग्रहको ती स्रोतको नक्शा पनि बनाउने छ जहाँबाट मिथेन ग्याँस निस्किने छ । मंगल ग्रहको वायुमण्डलमा मिथेन ग्यासको मात्रा हरेक ठाऊँमा समान हुदैन । मंगल ग्रहमा पहिले जीवन थियो वा थिएन, यो बारे जानकारी त्यहाँ रहेको मिथेन ग्याँसको अध्ययनबाट पत्ता लगाउन सकिन्छ ।

मार्स ऐक्सोस्फेरिक न्युट्रल कम्पोजीशन एनालाइजर (MENCA)
३.५६ किलोग्राम तौल रहेको यो उपकरण मंगल ग्रहको वायुमण्डलको अध्ययन गर्छ । यो उपकरणले मंगल ग्रहको वायुमण्डल कुन-कुन तत्व मिलेर बनेको छ, त्यो पत्ता लगाउँन मद्धत गर्छ ।

मार्स कलर क्यामरा (MCC)
१.२७ किलोग्राम तौल रहेको यो क्यामराले मंगल ग्रहको सतहको तस्विर लिनेछ । यी तस्विरको मद्धतले वैज्ञानिकहरुले मंगल ग्रहको सतह कस्तो छ र कुन चीजले बनेको छ भन्ने अध्ययन गर्नेछन् । यी तस्विरबाट मंगल ग्रहको गतिशील घटनाहरू र मौसमको निगरानी गर्न सकिनेछ ।


  •  
  •  
  •