बिहे गर्ने केटा नपाएपछि युवतीको बिचल्ली

482
  •  
  •  
  •  

उमेर ढल्किँदै जाँदा बिहे गर्ने एउटा पनि केटा नपाएपछि सहरभरिका केटीहरुले सामूहिक रुपमा केटा पाउँ भन्दै हारगुहार गर्न थालेका छन् । यो ब्राजिलको घटना हो । ब्राजिलको नोइभा डो कोर्डेरियो गाँउ एकजना पनि अविवाहित पुरुष छैनन् । तर ६ सय जना अविवाहित महिला छन् । ती मध्ये अधिकांस ३५ वर्ष मुनिका तरुनी हुन । महिलाले नै भरिएको त्यो सहरमा महिलाकै बोलवाला छ।

तर भएर के गर्नु रु पुरुष नपाएर अविवाहित महिला तनावमा पेरेका छन्। उनीहरुले हालै अविवाहित केटाहरुलाई आफुसँग सम्बन्ध गाँस्नएक सामूहिक अपिल गरेका छन् । ब्राजिलको यो सहर मात्र होइन रुसमा पनि हालत यस्तै छ । केटाहरुको संख्या अध्याधिक कमिका कारण केटीहरुको जस्तो पाए त्यस्तै केटा खोजेर बिहे गर्नैपर्ने व्याध्यामक अवस्था रहेको छ । त्यस्तै अस्ट्रेलियामा पनि पुरुषहरुको खडेरी नै पर्न लागेको त्यहाँको एक अनलाइनले जनाएको छ ।

भिक्टोरियामा १ सय जना महिलामा केवल ९८ जना मात्र पुरुष छन् । यो त्यतिसारो लैंगिक असन्तुलन त होइन तर यसले पनि दशौँ हजार पुरुषको कमी देखाउँछ । अर्थात् पुरुष भन्दा ६० हजार बढि महिला छन् भिक्टोरियामा । यता चीनमा भने महिलाको खडेरी छ र एकल पुरुषहरुको संख्या बढिरहेको छ। भनिन्छ, भविष्यमा चीनका २५ प्रतिशत पुरुष कि त अविवाहित बस्नुपर्छ कि त जस्तो पाएपनि केटी खोजेर बिहे गर्नुपर्छ ।


  •  
  •  
  •