पाकिस्तानी महिलासँग विवाह गर्न मुश्किल

105
  •  
  •  
  •  

काठमाडौं, २५ साउन (एजेन्सी) : साउदी अबरले विदेशी महिलासँग विवाह गर्ने नियम कडा बनाएको छ । कानुन कडा भएसँगै साउदी अरवका पुरुषले पाकिस्तान, बंगलादेश, चाड, तथा म्यान्मारबाट साउदी अबरमा काम गर्ने महिलासँग विवाह गर्न नपाउने भएका छन् ।

खाडी मुलुक साउदी र पाकिस्तानी संचार माध्यमले यस कानुनको कडा आलोचना गरेका छन् ।
पाकिस्तानी अखवार ‘डन’ ले आफ्नो वेबसाईटमा केही मानिसले टिप्पणी गर्दै यो कानुनलाई नस्लवादीको सज्ञा दिएका छन् । तर, साउदी अरवले भने त्यस विषयमा अहिले सम्म कुनै प्रतिक्रिया जनाएको छैन् ।

मक्का पुलिस मुखिया असफ अल करैशीका अनुसार बेहुलाको विवाह प्रस्तावकोसाथै स्थानीय मेयरद्वारा सिफारिससहितको पहिचानपत्र पुलिसलाई दिनुपर्नेछ । जसमाथि साउदी सरकारले विचार गर्नसक्नेछ ।

मक्का अखवारका अनुसार विवाहकोलागि बेहुला बेहुलीको उमेर २५ वर्षभन्दा बढी हुनुपर्छ र सम्बन्ध विच्छेद गर्नुपरे ६ महिनासम्म कुर्नुपर्छ ।
एक तथ्यांकका अनुसार साउदी अबरको कुल जनसंख्याको ३० प्रतिशत विदेशी कामदार छन् । साउदीमा पाँच मुलुकबाट आउने महिलाको संख्यामात्र पाँच लाख भन्दा बढी छ ।

140807132011_saudi_arabia_man_marrying_pakistani_women_banned_624x351__nocredit


  •  
  •  
  •