रणबीर र क्याटरी छिटै बिबाह बन्धनमा बाँधिने

271
  •  
  •  
  •  

बलिउडको सबैभन्दा चर्चित जोडी छिटै बिबाह बन्धनमा बाँधिने भएका छन । भारतीय मिडियाहरूको एक रिपोर्ट अनुसार, आगामी बर्षको फेव्रुअरी महिनामा बलिउड अभिनेता रणबीर कपूर र बलिउडकी ‘बार्बी डल’ क्याटरीनालाइ बैबाहिक जिवनमा बाँधिन सक्नेछन । समाचार अनुसार, यी दुबै कलाकारहरू अहिले आफ्नो फिल्महरूको शूटिङ छिटो भन्दा छिटो सक्नमा लागेका छन ।
सूत्रहरूका अनुसार त, यो स्टार जोडीले आगामी फेब्रुअरी महिनामानै बिबाहको योजना बनाइरहेका छन । बताइए अनुसार यो फिल्मी संसारका जोडी भ्यालेन्टाइन डे का दिन सधैका लागी एक अर्काको हुने भएका छन । अधिनेता रणबीर अहिले अभिनेत्री दीपिका पादुकोणका साथमा फिल्म ‘तमाशा’ को शूटिङमा व्यस्त रहेका छन । रणबीर यो फिल्मको शुटिङ फेब्रुअरी महिना अघि नै सक्न चाहन्छन ।
कपूर खानदान पनि आफ्ना छोराको बिबाह निकै धूम-धामका साथमा गर्ने तयारीमा छन । समाचार अनुसार अहिले देखिनै यस बिबाहका लागी तयारी निकै तिव्र गतिमा चलिरहेको छ । बताइए अनुसार रणबीर र क्याटरीना आफ्नो आगामी फिल्म ‘जग्गा जासूस’ को रिलीज हुने बेला सम्म पति-पत्नी बनिसकेका हुनेछन ।

 


  •  
  •  
  •