ब्राड र एन्जेलिनाको गोप्य बिहे ?

355
  •  
  •  
  •  

हलिउडका चर्चित जोडी ब्राड पिट र एन्जेलीना जोलीले फ्रान्समा बिहे गर्नुपूर्व योजना त सबैलाई थाहा थियो। तर उनीहरुले कहिले बिहे गर्लान् भन्दाभन्दै उनीहरुले संसारलाई आश्चर्यमा पारेर अघिल्लो शनिबार गोप्य रूपमा बिहे गरे। उनीहरुले यत्तिसम्म गोप्य रूपमा बिहे गरे कि उनीहरुले न आफन्तलाई थाहा दिए न आफ्ना नजिकका साथीहरुलाई नै थाहा दिए। त्यसै कारण अहिले उनीहरुको बिहेले परिवारका सदस्यदेखि साथीहरूसम्म आश्चर्यमा परेका छन्।
२२ जनाको मात्रै उपस्थिति विशेष गरेका उनीहरुले उक्त आश्चर्यलाई मेटाउने कुनै विशेष कार्यक्रम आयोजना गर्न लागिएको एक स्रोतले बताएको समाचारमा जनाइएको छ। तर कस्तो खालको विशेष समारोह आयोजना हुन्छ भन्ने भने अझै खुलाइएको छैन। एन्जेलिनाले उनकी आमालाई मर्नुअघि फ्रान्समा बिहे गर्ने वाचा दिएकी थिइन्। त्यही वाचा पूरा गर्नका लागि उनीहरुले फ्रान्समा बिहे गरेको बताइएको छ।


  •  
  •  
  •