३० फुट गहिराइमा बिहे

381
  •  
  •  
  •  

मानिसहरू सागरसरि गहिरो मायाको कुरा गर्छन् । अमेरिकाको एक जोडीले चाहिँ समुद्रको ३० फुट गहिरो भागमा पुगेर बिहे गरेका छन् । ५२ वर्षीय बिल फ्रेनेइर र ३२ वर्षीया लिजवेथ एस्पेजोलाई केही नौलो गर्ने रहर जाग्यो । समुद्रमा ‘डाइभ’ गर्न रुचाउने यो जोडीले आफ्नो यही सोखलाई सदुपयोग गर्दै बिहे गर्ने योजना बनाए । र, अमेरिकाको फ्लोरिडा राज्यको समुद्री तटनजिकै ३० फिट गहिरो स्थानमा पुगेर बिहे गरे ।

१५ मिनेट समय लागेको उक्त बिहे कार्यक्रममा सहभागी पाहुनामध्ये २० जना बेहुलाबेहुलीसँगै पानीमुनि नै पुगेका थिए । केहीले चाहिँ किनारबाटै बिहे कार्यक्रम हेरेका थिए । बेहुला सुटमा सजिएका थिए भने बेहुली विवाह गर्दा लगाउने ड्ेरसमा थिइन् ।बिल र म गोताखोरी गर्न असाध्यै रुचाउँछौँ, र हाम्रा धेरै साथीहरू पनि । त्यसैले बिहे पनि यसैगरी किन नगर्ने भन्ने सोच आयो ।

लस भेगासमा बिलसँग संयोगले भेट भएपछि लिजवेथ आफ्नो घर क्यालिफोर्नियाबाट फ्लोरिडा सरेकी थिइन् । बिलसँग बस्न थालेपछि उनले पनि गोताखोरी सिकेकी हुन् ।

लिजवेथ र बिलले समुद्रमुनि विवाह गर्ने विचार सुनाएपछि उनको परिवारका सदस्यहरू खुबै खुसी भएका थिए ।


  •  
  •  
  •