श्रीकृष्ण श्रेष्ठ र श्वेताको बिहे आज

714
  •  
  •  
  •  

काठमाडौं २३ असार (ओएनएस) : अभिनेता श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काको आज विहे हुँदैछ । विगत पाँच वर्षदेखि प्रेममा रहेका उनीहरुको बिहे आज हुन लागको हो । परम्परा निभाएर सामान्य तरिकाले बिहे गर्ने उनीहरुले बताएका छन् ।
श्रीकृष्णले साढे ६ वर्षअघि कहाँ भेटिएला फल्मका लागि हिरोइन खोज्दै जाने क्रममा श्वेतालाई भेटेका थिए । फिल्ममासँगै काम गर्ने क्रममा नजिकिएका उनीहरु एकले अर्कालाई प्रेमीप्रमिकाको रुपमा भने स्विकारेका थिएनन् । फिल्म र व्यवसायका क्रममा सधै सँगै हुन थालेपछि उनीहरुबीच प्रेम सम्बन्ध स्थापित भएको हो ।

लगनको अघिल्लो दिन भावुक बनिन् श्वेता

बराल र नायिका दिया पनि बन्धनमा बाँधिदै
नाट्यकर्मी अनुप बराल र नायिका दिया मास्के पनि आज एकआपसमा विवाह बन्धनमा बाँधिने भएका हुन् ।

बराल र मास्केको जोडीले भोलि कोर्ट म्यारिज गर्ने छन् भने श्रेष्ठ र खड्काको जोडीले हिन्दू परम्परा अनुसार विवाह गर्ने भएका हुन् । श्रेष्ठको जोडीले विवाहपछि २३ गते नै भोज पनि दिने भएका छन् भने अनुपको जोडीले २५ गते भोज दिने जानकारी गराएका छन् ।


  •  
  •  
  •