बिहेमा केटा पक्षले केही नगदसँगै मोटरसाइकल अनिवार्य !

288
  •  
  •  
  •  

काठमाडौं १५ फागुन ।
सिरहाका मदन महरा शुक्रबार जनकपुरको बजाज मोटरसाइकल सोरुममा मोटरसाइकल छान्दै थिए । उमेरले ६० वर्ष नाघेका महरा आफ्ना लागि नभई छोरीको बिहेमा दाइजो दिन मोटरसाइकल किन्दै थिए । उनीसँगै दुलाहाका जेठा दाजु रामसेवक रविदास पनि आफूलाई मन पर्ने मोटरसाइकल छान्दै थिए ।

आर्थिक रुपमा विपन्न महराले छोरीको बिहेमा केटा पक्षले केही नगदसँगै मोटरसाइकल अनिवार्य हुनुपर्ने माग गरेपछि वर पक्षले भनेको ठाउँमा मोटरसाइकल किन्न आएको बताए ।

जनकपुरका मोटरसाइकल सोरुमहरुमा विवाहको लगनसँगै दाइजो मोटरसाइल किन्न आउनेको भीडभाड बढेको छ ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •