अर्जेन्टिनाका मारियाले बाँकी खेल गुमाउने !

117
  •  
  •  
  •  

काठमाडौं, २३ असार (एजेन्सी) : अर्जेन्टिनाका कुशल विंगर एन्जल डी मारियाले विश्वकप फुटबलका बाँकी खेलहरू गुमाउने सम्भावना बढेको छ । शनिबार राति भएको बेल्जियमविरुद्धको क्वाटरफाइनल खेलका क्रममा तिघ्रामा चोट लागेपछि उनी मैदानबाट बाहिरिएका थिए ।
मारियाको दायाँ तिघ्राको अघिल्लो भागमा चोट लागेको छ । अर्जेन्टिनी टीममा डि मारिया मेस्सिपछिका महत्वपूर्ण खेलाडी मानिन्छन् । स्पेनिस क्लव रियल म्याड्रिडसँग आबद्द मारियाकै गोलबाट अर्जेन्टिनाले स्वीट्जरल्याण्डलाई हराएको थियो ।
बेल्जियमलाई १ ० गोल अन्तरले पराजित गर्दै १९९० पछि पहिलो पटक सेमिफाइनलमा पुगेको अर्जेन्टिनाले बिहीबार नेदरल्याण्डसँग खेल्दैछ ।


  •  
  •  
  •