प्राइम बैंक र कैलाश बैंकलाई मर्जरको अनुमति

398
  •  
  •  
  •  

काठमाडौं ।  कैलाश विकास बैंक र प्राइम कमर्सियल बैंक ले मर्जरको अनुमति पाएका छन् ।
नेपाल राष्ट्र बैंकबाट उनीहरुले मर्जरको अनुमति पाएका हुन् ।

दुवै बैंकले पुस ३ गते मर्जरका लागि सम्झौता गरेका थिए । मर्जरको सम्झौतासँगै दुबै बैंकले गत पुस २५ गते वार्षिक साधारणसभाबाट मर्जरको प्रस्ताव पारित गरेका थिए ।

प्रामइमले कैलाश विकास बैंकलाई एक बराबर ०.९४ प्रतिशत शेयर अनुपातमा प्राप्ति गर्ने भएको हो । हाल प्राइमको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ रहेको छ । त्यस्तै कैलाशको दुई अर्ब ९२ करोड रुपैयाँ छ ।

स्वाप रेसियोपछि कैलाश विकास बैंकको दुई अर्ब ७४ करोड रुपैयाँ प्राइमकोमा थपिनेछ । मर्जरपछि प्राइमको चुक्ता पुँजी १३ अर्ब ५५ करोड रुपैयाँ पुग्ने बताइएको छ ।

स्वाप रेसियोपछि उब्रिएको पुँजी १७ करोड ५४ लाख रूपैयाँ प्राइमको जगेडामा जोडिने छ । मर्जरपछि प्राइमको कर्जा लगानी एक खर्ब २८ अर्ब रुपैयाँ पुग्नेछ भने निक्षेप संकलन एक खर्ब १५ अर्ब रुपैयाँ पुग्नेछ । त्यस्तै शाखा सञ्जाल २०० नाघ्नेछ ।


  •  
  •  
  •