प्रतिकात्मक शव र मलामीसहितको मार्चपास

210
  •  
  •  
  •  

काठमाडौं । महिलामाथिका हिंसा र विभेदविरूद्धका घटनाको विरोधमा बृहत नागरिक आन्दोलनको अगुवाईमा महिला मार्च गरिएको छ । बसन्तपुरबाट शुरू भएको मार्च भद्रकाली पुगेर सभामा परिणत भएको थियो । मार्चमा कालो कपडा लगाएर महिलाहरु सहभागी भएका थिए ।

सहभागीहरुले प्रतिकात्मक शव र मलामीसहित र्‍याली निकालेका थिए । टाउकोमा सेतो कपडा बेरेर सेतो धोती लगाएका केही युवाहरूले प्रतिकात्मक शवलाई बोकेर शवयात्रा गरेका थिए ।
मार्चमा सहभागीले ‘महिला हिंसा बन्द गर, बलात्कारीलाई सजाय दे, हत्यारा पहिचान गरेर कारबाही गर’ लेखिएका प्लेकार्ड बोकेका थिए । ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ समूहको ब्यानरमा महिला मार्च भएको हो ।

तस्बिरः लक्ष्मी घलानको फेसबुकबाट


  •  
  •  
  •