दसैँमा मापसेका कारण मृत्यु हुनेको संख्या घट्यो

75
  •  
  •  
  •  

 काठमाडौं , २१ असोज (ओएनएस)  : काठमाडौं उपत्यकामा दशैंको समयमा मादक पदार्थ सेवनबाट मृत्यु हुनेको संख्यामा कमी आएको छ ।

यस दशैंमा मापसे गरी सवारी चलाएका दुईजनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

गत वर्षको दसँैमा मापसे गर्ने चार जनाको सडक दुर्घटनामा परी मृत्यु भएको थियो  ।
यस बर्ष मापसे गरी सवारी चलाएर कारबाहीमा पर्नेको सङ्ख्या भने बढेको बताइएको छ ।

८ सय ७६ जना कारबाहीमा परेको महाशाखाले जानकारी दिएको छ ।  गत बर्षको दशैंमा ६ सय १५ जनामाथि कारबाही भएको थियो ।


  •  
  •  
  •