मापसे गरेर सवारी चलाउनेलाई २५ दिन जेल र २८ हजार जरिवाना

325
  •  
  •  
  •  

mapaseइलाम, २६ मंसिर(ओएनएस) : मादक पदार्थ सेवन गरेर सार्वजनिक सवारी साधन चलाउनेलाई जरिवानामात्र नभई सार्वजनिक मुद्धा समेत लगाइने भएको छ ।

जिल्ला ट्राफिक कार्यालय इलामले मापसे गरी सार्वजनिक भाडाका सवारी साधन चलाउनेलाई पक्राउ गरी मुद्दा चलाउन सुरू गरेको छ ।

ट्राफिक प्रहरीले मङ्सिरको पहिलो सातादेखि इलाममा यस्तो कारबाहीको प्रक्रिया सुरू गरिसकेको छ । अहिलेसम्म १० जनाभन्दा बढी मापसे गर्ने चालकलाई सार्वजनिक मुद्दा दायर गरी कानुनी कारबाही अघि बढाएको ट्राफिक प्रहरीले जनाएको छ ।

मापसे गरेर भाडाका सवारीसाधन चलाउनेलाई पक्राउ गरी मुद्दा दायर गरिन्छ । यसपछि उनीहरूलाई मुद्दा दायर भइसकेपछि २५ दिन थुनामा र रु २८ हजारसम्म जरिवाना हुनसक्ने प्रहरीले जनाएको छ ।

मापसे गरी सवारीसाधन चलाउँदा दुर्घटना हुने बढी सम्भावना भएकाले दुर्घटना हुन नदिन ट्राफिक प्रहरीले यस्तो अभियान सुरु गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मेचीराजमार्गअन्तर्गत कोल्बुङ, फिक्कल, तीनघरे, गोदक, गोलाखर्क, इनपा, बरबोटेलगायतका स्थानमा ट्राफिक प्रहरीले छड्के जाँच गर्दै आएको छ ।


  •  
  •  
  •