‘अखण्ड भारत’को नक्साबारे भारतीयले भन्याे,’नेपाल र बंगलादेशले कुरा बुझे, अब विवाद गर्दैनन्’

213
  •  
  •  
  •  

काठमाडौं । भारतीय विदेश मन्त्री एस जयशंकरले गत जेठ १४ गते प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सालाई लिएर अब नेपाल र बंगलादेशले विवाद नगर्ने दाबी गरेका छन्।
नरेन्द्र मोदीले देशको नेतृत्व गरेको नौ वर्ष पुगेको अवसरमा विदेश नीतिको प्रगतिबारे बिहीबार पत्रकारहरुसँग गरिएको विशेष ब्रिफिङका क्रममा जयशंकरले यस्तो बताएका हु्न्।

विशेष ब्रिफिङका क्रममा पत्रकारहरुले ‘अखण्ड भारत’नक्सालाई लिएर नेपाल र बंगालादेशमा विभिन्न प्रतिक्रिया आइरहेको भन्दै यसबारेमा औपचारिक धारणा माग गरेका थिए। ‘मित्र देशहरु नेपाल र बंगलादेशले अब विवाद गर्ने छैनन्। उक्त नक्साको मुनि अशोका इम्पायरका बेलाको विवरण लेखिएको छ। यो केवल सांस्कृतिक कुरा मात्रै हो। यसलाई राजनीतिक विषय बनाउनु जरुरी नै छैन’, उनले भने, ‘हाम्रा मित्र देशले यसबारेको कुरा बुझ्ने छन्। अझै यसमा केही प्रष्ट पार्नुपर्ने छ भने हामी बुझाउँछौँ।’

उनले यस मामिलामा पाकिस्तानले कुरा नबुझ्ने बताए। ‘पाकिस्तानले त हाम्रो कुरा बुझ्दैन तपाईंहरुलाई थाहा नै छ’, उनले भने, ‘पाकिस्तान अक्युपाइड कश्मिरबारे हाम्रो धारणा पुरानै छ। त्यसमा हामी दायाँबायाँ हुँदैनौँ।’ उक्त ब्रिफिङका क्रममा पत्रकारहरुले नेपाल र बंगलादेशलाई मित्रराष्ट्र र पाकिस्तानलाई शत्रुराष्ट्रका रुपमा चित्रित गर्दै प्रश्न गरेका थिए।

 


  •  
  •  
  •