विप्लव माओवादीले भन्यो : एकताको कुरा भ्रमपूर्ण

191
  •  
  •  
  •  

Biplav (12)
खड्गबहादुर विश्वकर्मा

काठमाडौँ, १ चैत (ओएनएस)  : नेकपा माओवादीले ती माओवादी एक हुँदैछन् भन्ने प्रचारप्रति आपत्ति जनाउँदै उक्त प्रचार भ्रामक भएको बताएको छ । आइतबार पार्टी खड्गहादुर विश्वकर्मा प्रबक्ता प्रकाण्डले एक प्रेस विज्ञाप्ती जारी गरि सो कुरा बताएका हुन ।

आइतबार नै एकीकृत नेकपा माओवादी र नेकपा–माओवादीबीच एकीकरण गर्नको लागि वार्ता समिति गठन गरिएकाे थियाे ।

प्रवक्ताद्वारा जारी विज्ञाप्तीमा ‘हाम्रो पार्टी नेकपा माओवादी, एमाओवादी र किरण नेतृत्वको माओवादी पार्टीसँग जोडेर एकताको प्रचारबाजी गराइएको र गरिएकोप्रति हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ । उक्त प्रचारबाजी वास्तविकताभन्दा टाढा र सुनियोजित भएकोले यसलाई तत्काल रोक्न सम्बन्धित पक्षलाई आग्रह गर्दछ’ भनिएका छ ।

उक्त विज्ञाप्तीमा अगाडि भनिएको छ–‘नेपाली क्रान्तिको यही गम्भिर विषयलाई दृष्टिगत गरि हाम्रो पार्टीले नेपालको माओवादी आन्दोलनको समग्र दृष्टिले पुर्नगठन गर्ने ऐतिहासिक पहलकदमी लिएको हो । नेपालको इमान्दार माओवादीहरू, नेपाली कम्युनिस्ट आन्दोलनका सच्चा क्रान्तिकारीहरू र राष्ट्रिय मुक्ति एवम् स्वाधिनताका पक्षधर सबै शक्तिहरूको धु्रबिकरण तत्कालिक आवस्कताको विषय बनिसकेको छ । यसको निम्ति मालेमावादी विचार, क्रान्तिकारी कार्यदिशा, सच्चा कम्युनिस्ट पार्टी र आम जनतालाई एकताबद्ध गर्ने क्रान्तिकारी संघर्ष अनिवार्य छ । हाम्रो पार्टीले अहिले यसैको प्रतिनिधित्व र पहल गरिरहेको छ ।’

केही दिनदेख सञ्चारमाध्यम तीनै माओवादी एक हुँदैछन् भन्ने प्रचारको भ्रममा नपार्न प्रवक्ता प्रकाण्डले सबैलाई अपिल गरेका छन् । ‘यस्तो विशिष्ट अवस्थामा यो गोलमटोल गरिएको प्रचारबाजीले क्रान्तिकारी माओवादीहरू, राष्ट्रि स्वधिनताका पक्षधर शक्तिहरू र आम नेपाली जनसमुदायमा आशंका र भ्रम सिर्जना गर्ने भएकोले उक्त प्रचारबाट सबै पक्ष सचेत रहन हाम्रो पार्टी विशेष अपिल गर्दछ’ जारी विज्ञाप्तीमा भनिएको छ ।


  •  
  •  
  •