माओवादीका दोस्रो तहका नेताहरुले भने : मिल्नलाई अब कसैले रोक्न सक्दैन (फोटोसहित)

213
  •  
  •  
  •  

काठमाडौं, २ चैत (ओएनएस) : शान्ति प्रक्रियामा आएपछि विभाजन भई पाँच पार्टी भएको माओवादी विचारधाराका कम्युनिष्ट आन्दोलनलाई एकजुट पार्ने उद्देश्यले सोमबार माओवादी आन्दोलन पुनर्गठन अभियान घोषणा गरिएको छ । प्रज्ञाभवनमा भएको अभियानमा एकीकृत माओवादी, वैद्य माओवादी, विप्लव माओवादी, मातृका यादव र मणि थापा नेतृत्वका माओवादीसम्बद्ध दोस्रो तहका नेता संलग्न थिए ।

Maoist Unification  (3)

कार्यक्रममा एमाओवादी नेता जनार्दन शर्माको अग्रसरतामा थालिएको माओवादी आन्दोलन पुनर्गठन अभियानमा एकीकृत माओवादीका नन्दकिशोर पुन र चन्द्रप्रकाश खनाल, वैद्य माओवादीका कुलबहादुर केसी र विप्लव माओवादीका धर्मेन्द्र बास्तोलालगायत उपस्थित थिए । कार्यक्रममा शर्माले विभाजित भएको माओवादीलाई मिल्न अब कसैले रोक्न नसक्ने बताए ।

Maoist Unification  (5)

उनले कार्यकर्ताबाट मिल्न दबाब आएकोले मिल्नपर्ने बताए । उनले भने, ‘हामी दोस्रो तहका नेताहरु मिलपछि अब शीर्ष नेताहरु पनि मिल्नुहुन्छ, मिलेको घोषणा नभएपनि अब, सबै मिलिसक्यौ भन्ने बुझे हुन्छ ।

Maoist Unification  (7)

पटक–पटक फुटेपछि अहिले पाँच माओवादी पार्टी भएका छन् । प्रचण्ड नेतृत्वको एकीकृत माओवादी, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी), मातृका यादव नेतृत्वको नेकपा माओवादी र मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी अस्तित्वमा छन् ।Maoist Unification  (6)


  •  
  •  
  •