‘तत्कालका लागि सडक आन्दोनल नगर्ने ’ : प्रचण्ड

171
  •  
  •  
  •  

काठमाडौं ,१३ मंसिर (ओएनएस) : एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले संविधानका अन्तरवस्तुमा सहमतिका लागि केही दिन प्रयास गर्ने बताएका छन् ।

सार्क सम्मेलनपछि  सडक आन्दोलन गर्ने कार्यक्रम पनि तत्कालका लागि स्थगित गर्ने उनले जानकारी दिए ।
‘दुई तीन दिनभित्रमा सहमति भएन भने माघ ८ भित्र संविधान जारी गर्न निकै गाह्रो हुन्छ’ उनले भने ।

सात दलीय संघीय लोकतान्त्रिक गठवन्धनको शनिबार संहदरवारमा बसेको बैठकमा उनले यस्तो बताएका हुन् ।
बैठकले सहमतिको पहल गर्ने निणर्य समेत गरेको छ ।

हाललाई सहमतिकै पहल गर्ने निणर्य गरिएको छ ’ माओवादी प्रमुख सचेतक गिरिराजमणी पोखरेलले भने–‘सहमति भएन भने त आन्दोलन हुन्छ ।’

यसअघि प्रचण्ड नेतृत्वको मोर्चाले सार्क लगत्तै सडक आन्दोलन गर्ने चेतावनी दिएको थियो ।


  •  
  •  
  •