नेकपा-माओवादी विभाजन, वैद्यसँग सम्बन्ध विच्छेद गरेको विप्लवको घोषणा

244
  •  
  •  
  •  

काठमाडौ, ८ मंसिर(ओएनएस) : नेकपा-माओवादी विभाजन भएको छ । नेत्रविक्रम चन्द विप्लवले अध्यक्ष मोहन वैद्यसँग सम्बन्ध विच्छेद भएको औपचारीक पत्र बुझाएपछि पार्टी औपचारीक रुपमा विभाजन भएको हो । विप्लवले विभाजन  पछि नयाँ पार्टीको घोषणा भने गरिसकेका छैनन । बिहान ९ बजेपछि पार्टी कार्यालय बुद्धनगरमा पुगेर सम्बन्ध विच्छेदको पत्र बुझाइएको थियो । अध्यक्ष वैद्यलाई बुझाएको तीन बुँदे सम्बन्ध विच्छेदको पत्रमा क्रान्तिकारी लाइनलाई हेर्ने देष्टिकोणमा नै फरक परेपछि आजैका मितिदेखि सम्बन्ध विच्छेद गरेको उल्लेख गरिएको छ । पार्टीसँग सम्बन्ध विच्छेद गरेको विषमया विस्तारित बैठकमा सहभागि केन्द्रीय नेताहरुलाई उनले जानकारी गराइसकेका छन् ।

पत्रमा भनिएको छ ‘जहाँ क्रान्तिकारी हेर्ने दृष्टिमा फरक हुन्छ भने त्यहाँ बसिरहनु उपयुक्त हुन्न पत्रमा भनिएको छ आजका मितिदेखि तपाईसँग बस्ने नसक्ने भएकाले अध्यक्ष किरण लगायतको नेतृत्व सँग सम्बन्ध विच्छेदको जानकारी गराउछौ ।’

भावी रणनीति तय गर्न विप्लवले आफ्नो निवासमा बैठक गरेका थिए । पार्टीको बिस्तारित बैठक सकिएपछि औपचारिक निर्णय सार्वजनिक गर्ने बताइएको छ । बैठकमा आगामी रणनीति, पार्टीको नाम लागयतको बिषयमा छलफल भएको थियो ।

विप्लवले बुझाएको पत्रको विवरण

BIplav


  •  
  •  
  •  

Comments are closed.