पहिलो बैठकमै माओवादी केन्द्रमा विवाद

157
  •  
  •  
  •  

काठमाडौं १० जेठ ।
नेकपा माओवादी केन्द्रको कार्यविधाजनमा विवाद देखिएको छ । विवाद बढेसँगै पार्टीलाई बहुपदीय प्रणलीमा लैजाने वा एकपदीय प्रणलीमा लैजाने भन्नेमा बहस सुरु भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारु सुरु पार्टीको महाधिवेशन आयोजक समितिको बैठकमा पार्टीको सांगठनिक संरचना र नेताहरुको कार्यविभाजनका सन्दर्भमा दुई बिकल्प प्रस्ताव गरेका छन् । आयोजक समिति बैठक सोमबार सम्मकालागि स्थगित गरिएको छ ।

अध्यक्ष प्रचण्डपछिको मर्यादाक्ममा माओवादी केन्द्रको वरिष्ठ नेता नारायणकाजी वा बादलमध्ये कसलाई बनाउने भन्ने विवादले पदाधिकारी चयनमा सकस परिरहेको एक नेताले बताए । श्रेष्ठ पक्षले आफू यसअगाडि नै बादल रहिसकेको कमिटीकै उपाध्यक्ष भइसकेका कारण श्रेष्ठ बरिष्ठ रहेको तर्क गरिरहेको छ ।

तर, एकता प्रक्रियाको भाव सम्बोधन गर्नुपर्ने र आन्दोलनका हिसावले पनि श्रेष्ठभन्दा बादल बरिष्ठ भएकाले उनलाई वरिष्ठ बनाउनुपर्नेमा एकता प्रक्रियामा आएका बादल पक्षका नेता मात्र होइन मणि थापा र मातृका यादवसमेत उभिएका छन् ।

पूर्ववत एमाओवादीका केही नेता पनि बादललको पक्षमा उभिएका कारण प्रचण्डलाई निर्णयमा पु्ग्न समस्या परिरहेको छ ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •