चन्द पक्षको सहभागिताबिना बैठक सुरु

134
  •  
  •  
  •  

mohanकाठमाडौं ,२९ कात्तिक (ओएनएस) : नेकपा माओवादीको केन्द्रीय समितिको बैठक शनिवारदेखि सुरु भएको छ ।

बैठक सचिव नेत्रविक्रम चन्द पक्षधरको सहभागिताबिना सुरु गरिएको हो ।

 बैठक छाडेर छुट्टै भेला आयोजना गरेका  चन्दसँग माओवादीले स्पष्टीकरण लिने भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा सुरु भएको बैठकमा संस्थापन पक्षका ३० केन्द्रीय सदस्यको सहभागिता रहेको छ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक चन्द पक्ष सहभागी हुने आशामा साढे दुई घन्टा ढिलो गरी सुरु भएको थियो ।

पार्टीभित्र देखिएको विवाद बढ्दै गएपछि शनिबारका लागि बोलाइएको हो । पार्टी विवाद अन्त्यका लागि भन्दै माओवादीले मङ्सिर ६ गतेका लागि केन्द्रीय सल्लाहकार र वैकल्पिक केन्द्रीय सदस्यसमेतको उपस्थित रहने गरी केन्द्रीय समितिको विस्तारित बैठक डाकेको छ ।

 


  •  
  •  
  •