ल्हारक्याल प्रकरण : जनजाति विज्ञ भएकोले सिफारिस गरेको एमाओवादीको स्पष्टीकरण

214
  •  
  •  
  •  

काठमाण्डौं, २७ माघ (ओएनएस) : विवादित ल्हारक्याल लामा सभासदमा नियुक्त भएपछि तीब्र आलोचना खेपेको एमाओवादीले विज्ञप्तिमार्फत स्पष्टीकरण दिएको छ ।

एमाओवादी प्रवक्ता दीनानाथ शर्माले मंगलबार प्रेश विज्ञप्ति जारी गर्दै लामा अर्थराज्य मन्त्री भएको बेला पार्सपोर्ट विवाद भएको तर पछि त्यससबारे राज्यको तर्फबाट भएको छनविनले सफाई दिइसकेकोले विवाद नगर्न आग्रह गरिएको छ ।

साथै लामालाई समानुपातिक उम्मेदवारमा जनजाति तथा बौद्ध समुदायको तर्फबाट विज्ञ व्यक्तित्वको हैसियतमा लामालाई पार्टीले सिफरिस गरेको भनि स्पष्टिकरण दिइएको छ ।

यसअघि निर्वाचन आयोगले आइतबार प्रेश विज्ञप्ति जारी गर्दै लामालाई एमाओवादीको सिफारिसमा सभासदमा नियुक्त गरिएको हो । यसअघि एमाओवादीले शम्भु पासवान हजारी राष्ट्रिय दलित आयोगको सदस्य पदमा वाहाल रहेको अवस्थामा सभासद चयन भएपछि उनको पद रद्द भएको थियो ।

तीन वर्षअघि एमाले कोटामा अर्थ राज्यमन्त्री बनेका लामामाथि विभिन्न आरोप लागेर विवादमा परेपछि उनले पदबाट राजीनामा दिएका थिए । लामामाथि नेपालसहित विभिन्न तीन देशको नागरिकता लिएको तथा स्वतन्त्र तिब्बत आन्दोलनमा सहभागी भएको आरोप लागेको थियो । यद्यपी छानविन आयोगले गरेको स्वतन्त्र नभएको आरोप लाग्दै आएको छ ।

त्यसपछि एमालेसँग रुष्ट बनेका लामा संविधानसभा निर्वाचन ताका एमाओवादीमा प्रवेश गरेका थिए । त्यसयता लामा एमाओवादी अध्यक्ष प्रचण्डसँग नजिक छन् । लामाले प्रचण्डलाई आर्थिक रुपमा सहयोग गर्ने गरेको बताइन्छ ।

Maoist


  •  
  •  
  •