प्रक्रियाबाट संविधान ल्याउन खोजिए प्रतिकार गर्ने एमाओवादीको निश्कर्ष

84
  •  
  •  
  •  

काठमाडौ, १ माघ (ओएनएस) : एकीकृत माओवादीले बहुमतको प्रक्रिया अगाडि बढाए संविधानसभा र सडक दुवैबाट सशक्त प्रतिकार गर्ने चेतावनी दिएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेकोे काठमाडौंमा उपलब्ध पोलिट्ब्युरो सदस्यसँगको छलफलपछि सहमतिका आधारमा संविधान बनाइनुपर्ने मागलाई बेवास्ता गरी दुई तिहाई बहुमतको प्रक्रिया अगाडि बढाइए सशक्त प्रतिवाद गर्ने निश्कर्ष निकालेको हो ।

बैठकले १२ बुँदे समझदारी र त्यसयता भएका सम्झौताको भावना अनुसार सहमतिबाटै संविधान बनाउनुपर्नेमा भन्दै दुई तिहाइ बहुमतको प्रक्रियालाई नसहने निर्णय गरेको छ ।

बैठकमा सहभागी पोलिट्ब्युरो सदस्यले कांग्रेस र एमालेसँग दुई तिहाई बहुमत भएका आधारमा डराउन नहुने भन्दै संविधानसभामा कडा प्रतिरोध गरी सडक आन्दोलनलाई चर्काउनुपर्नेमा निष्कर्ष निकालिएको नेता अग्नी सापकोटाले जानकारी दिए ।

एकीकृत माओवादीले बहुमतीय प्रक्रिया अगाडि बढाइए त्यसले सत्तारुढ दल सहमति गर्न नचाहने प्रस्ट हुने समेत जनाएको छ ।


  •  
  •  
  •