काठमाडौं ७ असार (ओएनएस्) : नयाँ राजनीतिक मोर्चा पाँच कम्युनिष्ट पार्टीसक्रिय बनेका छन् । राजनीतिक एजेन्डाको आधारमा तत्काल कार्यगत एकता र दीर्घकालमा पार्टी एकताको गृहकार्यमा लागेका पाँच दलको बैठक अहिले बसिरहेको छ । एमाओवादी मुख्यालयमा जारी बैठकमा एमाओवादी अध्यउक्ष पुष्पकिमल दाहाल र नेकपा माओवादी अध्यक्ष मोहन वैद्यको प्रस्तावमा छलफल जारी छ । आज मोर्चाको विषयमा टुङ्गो लगाउने छलफलअघि क्रान्तिकारीका महासचिव मणी थापाले जानकारी दिए। बैठकले मार्चाको नाम र क्षेत्राधिकार तोक्न ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव थापाले आजको बैठकबाट मोर्चाको नाम र काम प्रस्ट हुने बताए ।
उनका अनुसार यसअघिको बैठकमा एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको संयुक्त राजनीतिक मोर्चा वा नेकपा(माओवादीका अध्यक्ष मोहन वैद्यले अगाडि सारेको संयुक्त राजनीतिक संर्घष समितिमध्ये एउटा नामलाई टुंगो लगाइने छ । नामसँगै मोर्चाको संयन्त्र कस्तो बनाउने, भन्ने पनि शनिबारकै बैठकबाट अन्तिम रुप लिने तयारी भएको छ ।
प्रचण्डले यस्तो मोर्चाको संयन्त्रमा पाँच पार्टीका प्रमुख नेता रहने र अन्य नेता आवश्यकता अनुसार समेट्न सक्ने प्रस्ताव अगाडि गरेका छन् । यस्तो संयन्त्रको नेतृत्व आलोपालो प्रणालीअनुसार लिने पनि प्रचण्डको प्रस्ताव छ । त्यसैगरस् किरणले प्रमुख दलबाट पाँच पाँचजना समेटेर २५ जनाको संयन्त्र बनाउन प्रस्ताव गरेका छन् ।