बैद्यको प्रतिवेदनमा थापाको असन्तुष्टी, फरक प्रतिवेदन पेश –

327
  •  
  •  
  •  

काठमाडौं ।
नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष मोहन बैद्यको राजनीतिक प्रतिवेदन प्रति असहमति जनाउँदै नेता रामबहादुर थापाले अर्को प्रतिवेदन पेश गरेका छन्।

एकीकृत नेकपा माओवादीसँग पार्टी एकता गर्ने कि नगर्ने ? भन्ने मुल अजेन्डामा छलफल गर्न शुक्रवार देखी बोलाइएको केन्द्रीय समिति बैठकमा बैद्यका बिरुद्ध थापाले आफ्नो फरकमत सहितको ४ पृष्ठ लामो प्रतिवेदन पेश गरेका हुन। दुवै प्रतिवेदनका बारेमा शनिवारवाट केन्द्रीय नेताहरुले आ–आफनो धारणा राख्ने क्रम सुरु हुनेछ ।

अध्यक्ष बैद्यले जनवादी क्रान्तिको तयारीमा जोड गर्नु पर्ने भन्दै प्रतिवेदन पेश गरे पछि थापाले फरक प्रतिवेदन बैठकमा नै पेश गरेका हुन । तर, थापाले आफ्नो फरक प्रतिवेदन पेश गर्ने बेला भने ‘सुझाव’ मात्रै भएको जनाएका थिए। ‘पार्टी एकताको सैद्धान्तिक राजनीतिक तथा सांगठानिक आधारहरु’ नामक ४ पेज लामो फरक प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदनमार्फत थापाले ‘पहिला माओवादी शक्तिहरुबीच पार्टी एकता, त्यसपछि मात्रै नयाँ ढंगले पार्टी निमार्ण’मा जोड गरेका छन् ।

अध्यक्ष बैद्यले भने ‘प्रतिक्रियावाद तथा संसोधनवादद्धारा तेर्साइएका चुनौतीको सामाना गरौ, पार्टीलाई एकतावद्ध तुल्याउँदै नयाँ जनवादी क्रान्तिको तयारीमा लागौं’ शिर्षकको ६ पेज लामो प्रतिवेदन छलफलका लागि पेश गरेका छन् । एमाओवादीले भने जस्तै समाजवादी क्रान्तिको तयारी गर्नु पर्ने अजेन्डामा तत्कालै जान नसक्ने भन्दै बैद्यले पहिला जनवादी क्रान्ति सम्पन्न गर्नु पर्नेमा प्रतिवेदनमा जोड गरेका छन् ।

बैद्यको यही सैद्धान्तिक मान्यताको बिरोधमा थापाले फरक प्रतिवेदन पेश गरेका हुन् । थापाको बुझाई अनुसार बैद्यले लिएको सो सैद्धान्तिक अडानका कारण एमाओवादीसँग पार्टी एकता हुन सक्दैन ।

‘अध्यक्षको प्रतिवेदन माथी आज बादल (थापा)जीको लिखित सुझाव पेश भएको छ’ केन्द्रीय सदस्य बद्री बजगाईले भने, ‘भोली देखी अध्यक्षको प्रतिवेदन र बादल (थापा)को सुझावमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु हुनेछ ।’ उनका अनुसार एमाओवादीलगायत माओवादी शक्तिहरुसँग एकता गर्ने कि नगर्ने भन्नेमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् । नागरिकबाट


  •  
  •  
  •