फुटेका माओवादीले गरे जुट्ने कुरा

93
  •  
  •  
  •  

काठमाडौँ, २९ माघ (ओएनएस) : एकृकीत नेकपा माओवादी विभाजन भएर तीन टुक्रा भएपछि एकअर्का प्रति आरोप–प्रत्यारोपमा उत्रदै आएका माओवादी नेताहरुले एउटै मञ्चमा बिहिबार भने अब जुट्नुपर्ने बताएका छन् ।

राजधानीमा भएको एक कार्यक्रममा एमाओवादी प्रवक्ता दीनानाथ शर्मा, बैद्य नेतृत्वको नेकपा–माओवादीका प्रवक्ता पम्फा भुसाल र विप्लव नेतृत्वको नेकपा माओवादीका पोलिटब्यूरो सदस्य ईश्वरी दाहाल (असारे काका)ले माओवादी एक भएर अघि बढ्नु पर्नेमा जोड दिए ।

शर्माले माओवादी आन्दोलनलाई विभाजन र विर्सजन गर्ने विभिन्न षड्यन्त्र भइरहेको बताए भने भुसालले परिवर्तनको विरोधि एमाले र काँग्रेस भएको आरोप लगाईन् । असारे काकाले जनयुद्ध पूरा नभएको भन्दै क्रान्तिकारी माओवादीहरु एक भएर अगाडि बढ्नुपर्ने बताए ।

प्रा.डा. गोपाल सिवाकोटीले लेखेको ‘माक्र्सवादी राजनीतिकशास्त्र’ नामक पुस्कमाथि बहस गर्न कार्यक्रममा शर्माले माओवादी फुटेको देखिएपनि कुनै पनि माओवादीले माक्र्सवादको आधारभूति कुरालाई नछोडेकाले एक जुट भएर अगाडि बढ्नुपर्ने बताए ।  ‘हामी जति माओवादी भएपनि माक्र्सवादको आधारभूत कुरा छोडेका छैनौँ, वर्ग संघर्षको आवश्यकताले फेरी एक जुट भएर जानपनि सकिन्छ’ प्रवक्ता शर्माले भने ।

यसअघि मूलपाटी एमाओवादीबिरुद्ध आक्रामक देखिने भुसालले बिहिबार माओवादी आन्दोलनमो बाधक सत्तारुढ दल भएको बताईन् । भुसालले भनिन्, ‘प्रतिक्रान्ति तीब्र रुपमा अगाडि बढिरहेको छ, त्यसको नेतृत्व काँग्रेस र एमालेको मुख्य नेतृत्व लागिरहेको छ ।’

उनले अघि थपिन् ‘शुसिल जी र केपी जिको नेतृत्वमा जनयुद्ध, जनआन्दोलन, मधेस लगायत अधिकारको लागि जनताले गरेका आन्दोलनबाट प्राप्त उपलब्धिको अपहरण गरि पूरानै व्यवस्था फर्काउने अभियान चलिरहेका छ’ उनले भनिन् । भुसालले माओवादीले केजरीवालको स्प्रिडमा जनतासँग गएर माफी बाग्दै अगाडि बढ्नुपर्ने बताइन ।

विप्पलव नेतृत्व माओवादीका नेता ‘ असारे काका’ ले माओवादीले जनयुद्धको प्रतिवद्धता पूरा नभएको भन्दै सबै क्रान्तिकारीहरु मिलेर संघर्षमा जानुपर्नु बताउँदै भने, ‘ माओवादीहरुले उठाएका मुद्धा पूरा भइसकेका छैनन्, त्यसको लागि क्रान्तिकारी माओवादीहरु एक भएर अगाडि बढ्नुपर्छ’ ।


  •  
  •  
  •