‘पहिचान पक्षधर’बीच कुरा मिलेन

324
  •  
  •  
  •  

काठमाडौं, २० असार  (ओएनएस) । एकीकृत नेकपा (माओवादी)सहित संविधानसभामा रहेका ‘पहिचानसहितको संघीयता’ पक्षधर दलहरुको साझा अवधारणा बनाउने प्रयास विफल भएको छ ।

एमाओवादी नेतृत्वमा संघीय गणतान्त्रिक मोर्चा बनाउने र त्यसको साझा अवधारणापत्र बनाउने योजना रहेकोमा बैठकमा सहभागी दलहरुबीच कुरा नमिलेपछि विहीबारको बैठक बिना निश्कर्ष टुंगिएको हो ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको बैठकपछि एमाओवादी प्रवक्ता दिनानाथ शर्माले साझा अवधारणापत्र बनाउन कार्यदल गठन गरिएको र कार्यदलले काम टुंग्याए लगत्तै बैठक बसेर मोर्चाको अवधारणापत्र घोषणा हुने जानकारी दिए ।

मोर्चामा सामेल हुने भनिएका एमाओवादीसहित मधेसवादी पार्टी र संघीय समाजवादी पार्टीको शासकिय स्वरुप र संघीयताको विषयमा समान मत हुननसकेपछि कार्यदलमार्फत सहमतिको प्रयास खोजिएको हो । प्रवक्ता शर्माले कार्यदलले केही दिनमै आफ्नो प्रतिवेदन तयार पार्ने र असार महिनाभित्रै मोर्चाको अवधारणापत्र सार्वजनिक गरिने जानकारी दिए ।


  •  
  •  
  •