पत्रकारका मागमा एकीकृत माओवादीले देखायो समर्थन

151
  •  
  •  
  •  

काठमाडौं, २५ असार (ओएनएस) – एकीकृत ने.क.पा (माओवादी) ले विगत ३ दिनदेखि सूचना विभागमा अनशनरत नेपाली पत्रकारले उठाएका मागहरुप्रति ऐक्यबद्धता र जोडदार समर्थन गरेको छ । एमाओवादी प्रवक्ता दीनानाथ शर्माले आज एक विज्ञप्ती प्रकाशित गरी पत्रकारको हक र अधिकारका लागि थालेको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका हुन् ।

‘नेपालको परिर्वतनकामी आन्दोलनमा नेपाली सञ्चारकर्मीहरुले खेलेको महत्वपूर्ण भूमिकालाई कसैले पनि नजरअन्दाज गर्न सक्दैन, माओवादीको विज्ञप्तीमा भनिएको छ, नेपाली पत्रकारहरुको यो भूमिकाको अवमूल्यन गरी संघर्षमा उत्रिन बाध्य पार्ने वर्तमान सरकारको रवैयाप्रति हाम्रो पार्टी खेद प्रकट गर्दछ ।’

अघिल्लो आर्थिक वर्ष लोककल्याणकारी विज्ञापनमा बढेको २५ प्रतिशत रकम भुक्तानी गर्नुपर्ने, तथा माओवादी नेतृत्वमा बनेको सरकारले ल्याएको समानुपातिक विज्ञापन नीति तत्काल कार्यान्वयन गर्नुपर्ने, श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन गर्नुपर्ने लगायतका पत्रकारहरुले उठाएका मागहरु पुरा गर्न एमाओवादीले वर्तमान सरकार समक्ष आग्रह गरेको छ ।


  •  
  •  
  •