माओवादी र नेसपाबीच एकताका लागि संयोजन समिति बनाउन सुझाव

110
  •  
  •  
  •  

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी एकता गर्न छलफल भएको छ ।

माओवादीका वार्ता समिति संयोजक कृष्णबहादुर महरा र समाजवादीका वार्ता समिति संयोजक गंगानारायण श्रेष्ठलगायतबीच आइतबार भएको बैठकमा पार्टी एकताका लागि दुवै पार्टीलाई एकता संयोजक समिति गठन गर्न सुझाव दिनेबारे छलफल भएको हो ।

पार्टी एकता संयोजन समितिले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरूमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने निर्णय भएको छ ।

यस्तै पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्ह लगायतका विषयहरूमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरूप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय गरिएको जारी विज्ञप्तिमा भनिएको छ ।


  •  
  •  
  •