
काठमाडौं । पूर्वमाओवादी धारका नेताहरू शान्ति सम्झौता र परिवर्तन विरोधी गतिविधिहरूको प्रतिवाद गर्न एकमत भएका छन्।
संक्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे ध्यानाकर्षण जनाउँदै माओवादी धारका नेताहरूले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पु¥याउन सरकारसँग माग गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी धारका ८ दलका नेताहरुको संयुक्त बैठक बसेको थियो।
बैठकपछि विज्ञप्ति जारी गर्दै शान्ति प्रक्रियासँग जोडिएका विषयहरु विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप व्यवस्थापन गरिनुपर्ने बताइएको छ।
‘संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् अगाडि बढाइनुपर्दछ। संक्रमणकालीन न्यायको प्रक्रिया विपरितका काम कारवाहीहरुले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग पुयाउँदैन भन्ने कुरामा समेत हामी स्पष्ट छौं,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं।
