काठमाडौं, ६ जेठ (ओएनएस) : नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यका लागि तत्कालिन नेकपा माओवादी केन्द्रले ८८ जनाको नाम टुंगो लगाएको छ ।
तत्कालिन माओवादीबाट २०० जना र एमालेबाट २४१ जना गरी ४४१ जनाको केन्द्रीय समिति बनाउने यसअघि सहमति भएकाे थियाे। जसमा तत्कालिन माअाेवादी केन्द्रले आफ्नो भागमा परेका मध्ये अहिलेसम्म ८८ जनाको नाम तय भएको बताइएकाे छ ।
पूर्व माओवादी केन्द्रको केन्द्रिय सचिवालयमा रहेका ८८ जना नेताहरु नेकपाको केन्द्रीय समितिमा पर्ने निश्चित छ भने वाँकी टुंग्याउने आन्तरिक गृहकार्यलाई व्यापक पारिएको छ । तत्कालिन माओवादी केन्द्रले नेकपाको ४५ स्थायी समितिमा १९ स्थान पाएको छ।
नामावली