एमालेमा गएका १४ जनप्रतिनिधिलाई हटाउने माओवादीको निर्णय

280
  •  
  •  
  •  


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले एमालेमा गएका १४ स्थानीय तहका जनप्रतिनिधिलाई कारबाही गर्ने भएको छ।  सोमबार बसेको माओवादी केन्द्रीय कमिटीको बैठकले स्थानीय तहका १४ जना जनप्रतिनिधिलाई पदबाट हटाउने निर्णय गरेको हो ।

यसअघि माओवादी केन्द्रीय कमिटी बैठकले कारबाही गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाललाई दिएको थियो। दाहालले कारबाही गरेको पत्र निर्वाचन आयोगलाई पठाएको थियो।

तर, निर्वाचन आयोगले केन्द्रीय कमिटीको निर्णय चाहिने जनाउँदै कारबाही प्रक्रिया अघि बढाएको थिएन। जसले गर्दा कारबाहीमा परेका जनप्रतिनिधि यथावत् रहेका थिए। त्यसैले सोमबार बसेको माओवादी केन्द्रीय कमिटी बैठकले कारबाही गर्ने निर्णय गरेको हो ।

माओवादी छाडेर एमालेमा गएका जनप्रतिनिधि १४ जना छन्।

निस्कासित भएका जनप्रतिनिधिहरु:-

क्र.सं.
पद
नाम
स्थानीय तह
१.
प्रमुख
रिना कुमारी साह
मौलापुर न.पा. रौतहट
२.
प्रमुख
सियाराम कुशवाहा
कटहरिया न.पा. रौतहट
३.
उप्रमुख
परनिया देवी
देवाही गोनाही न.पा. रौतहट
४.
उप्रमुख
गौरिशंकर जयसवाल
मौलापुर न.पा. रौतहट
५.
उप्रमुख
कान्ती देवी
फतुवाविजयपुर न.पा. रौतहट
६.
उपप्रमुख
सिमल साह
मानवनारायण न.पा. रौतहट
७.
उपाध्यक्ष
गितादेवी साह
यमुनामाई गा.पा. रौतहट
८.
नगर का.पा. सदस्य
सतमीलाल दास ताती
लहान न.पा. सिरहा
९.
अध्यक्ष
शेष फारुक
सम्सी गा.पा. महोत्तरी
१०.
उपप्रमुख
छायाँ देवकोटा
भजनी न.पा. कैलाली
११.
वडाध्यक्ष
भागिरथी विष्ट
गौरीगंगा न.पा.–४, कैलाली
१२.
वडाध्यक्ष
शर्मानन्द भट्ट
गोदावरी न.पा.–१, कैलाली
१३.
वडाध्यक्ष
पुरन विसी
बर्दगोरिया न.पा.–४, कैलाली
१४.
वडाध्यक्ष
सुरेश कुमार थापा
चम्पादेवी गा.पा.–१, ओखलढुंगा

  •  
  •  
  •