छुट्टिएका माओवादी एक हुने पहलमा

324
  •  
  •  
  •  

काठमाडौं २ चैत (ओएनएस ) : लामो समय विभाजनको मार खेपेका माओवादी एकीकरणमा लागेका छन् । हिजोएकताका लागि वानर्ता टोली बनाएका एमाओवादी र नेकपा माओवादी आज नीतिगत बहस गर्दैछन् ।

एकीकृत नेकपा माओवादी र नेकपा माओवादीबीच एकता प्रयासका लागि दबाब अभियान चलाएका युवाहरुले आज राजधानीमा अन्तरक्रियात्मक छलफलको आयोजना गरेका छन्। दिउँसो १ बजेपछि प्रज्ञा भवनमा हुने छलफलमा दुवै पार्टीका शीर्ष नेताहरु सहभागी हुनेछन् ।

एकताको लागि दबाब दिनका लागि दुवै पार्टीका युवाहरुले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरेको नेकपा माओवादी सचिव देव गुरुङले जानकारी दिए । यसअघि हिजो पार्टी एकतालाई टुंग्याउन दुवै दलका अध्यक्षसमेत रहने गरी ८ सदस्यीय वार्ता समिति गठन गरिएको छ । विभाजनको लामो समयपछि दुई माओवादी एक हुने गृहकार्यमा लागेको हो ।


  •  
  •  
  •