वैद्य माओवादी र नेकपा एकीकृत एक हुने

118
  •  
  •  
  •  

काठमडौं १३ चैत । मोहन वैद्य नेतृत्वको नेकपा माओवादी र परी थापा नेतृत्वको नेकपा एकीकृतबीच एकीकरण हुने भएको छ । वैद्य माओवादीको केन्द्रीय कार्यलय बुद्धनगरमा बिहीबार बसेको दुर्इ पार्टीका शीर्ष नेताको बैठकले पार्टी एकताका लागि वार्ता समिति बनाएको छ ।

बैठकपछि निकालिएको संयुक्त विज्ञप्तीमा एकताका लागि भएका पटक पटकका छलफलपछि मालेमावाद, नयाँ जनवाद, जनविद्रोह, जनवादी केन्द्रीयता र तात्कालीक कार्यनीतिबरे समान धाराणा बनेपछि एकताको निष्कर्ष निकालिएको जनाइएको छ ।

दुबै पार्टीको वार्ता समितिमा नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरण, उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा र सचिव देव गुरुङ रहेका छन् । नेकपा एकीकृतबाट परी थापा, रामसिंह श्रीस, सिताराम तामाङ र केबी गुरुङ सदस्य छन् । अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •