संविधानका लागि अरु नेताको घरघरमा गएका छौँःशर्मा

72
  •  
  •  
  •  

काठमाडौं २५ असोज (ओएनएस) : एकीकृत नेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले अहिले नै वर्तमान सरकारको विकल्प खोज्न नहुने बताएका छन् ।

पार्टी कार्यालय कोटेश्वरमा नियमित पत्रकार भेटघाटमा सरकार परिवर्तनको कसरत भईरहेको भन्ने हल्ला गलत भन्दै शर्माले अहिले सरकार परिवर्तन गर्न लागे संविधान नबन्ने बताए । उनले भने,‘ अहिले सुशील कोइरालाको विकल्प सोँच्नतिर लागियो भने सरकारमा को जाने र मन्त्री को बन्ने भन्ने कुराले नै समय बित्छ र तोकिएको मितिमा संविधान बन्दैन ।’

प्रवक्ता शर्माले सत्ताको समिकरणको कुरा कसैले पनि सोँच्न नहुने बताए । संविधान निर्माणका लागि आफ्नो पार्टीको नेतृत्व अन्य दलका नेताहरुको घरघर पुगेको बताउँदै प्रवक्ता शर्माले सहमति कायम गर्न एमाओवादी दत्तचित्त भएर लागेको दाबी गरे । उनले सहमतिय प्रकृयाबाट मात्रै संविधान बन्न सक्ने बताए । उनले भने, ‘कोही अंकगाणितका आधारमा प्रक्रियामा गएर संविधान जारी गर्छु भन्छ भने प्रक्रियामा जान पनि सहमति चाहिन्छ ।’

अंकगणितका आधारमा संविधान जारी गरे त्यो अन्तराष्ट्रिय समुदायका बीचमा गरिएको विस्तृत शान्ति सम्झौता र अन्तरीम संविधान बिरोधी हुने प्रवक्ता शर्माको भनाई छ ।


  •  
  •  
  •